३८ बुँदे घोषणापत्र जारी गर्दै सकियो जिल्ला सभापतिहरूको भेला

३८ बुँदे घोषणापत्र जारी गर्दै सकियो जिल्ला सभापतिहरूको भेला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुईदिने भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले पार्टीको विधान मस्यौदा समिति र समसामयिक राजनीतिक घटनालाई समेटेर ३८ बुँदे घोषणापत्र जारी गरेको हो।

उनीहरूको सुझावअनुसार जिल्ला संसदीय बोर्डले स्‍थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारको सिफारिस केन्द्रीय संसदीय बोर्डले गर्नुपर्ने सुझाव दिइएको छ।

सुझावमा पदाधिकारीको संख्या बढाउनुपर्ने, मनोनीत गर्नुपर्ने अधिकार केन्द्रीय सभापतिदेखि टोल सभापति सम्मलाई समान रूपले दिने व्यवस्था गर्नुपर्ने, माथिल्लो सदस्‍यले मनोनीत गर्नेमध्ये २ कार्यकाल पूरा गरेका तल्लो निकायका सभापतिहरूमध्येबाट २५ प्रतिशत रहनुपर्ने, समानुपातिकबाट एकपटक मात्र अवसर दिइनुपर्ने लगायतका सुझावहरू उल्लेख गरिएको छ।

Logo