जोरबिजोर प्रणालीका विरुद्ध सडकमा उत्रिन गगन थापाको आह्वान

जोरबिजोर प्रणालीका विरुद्ध सडकमा उत्रिन गगन थापाको आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आजबाट लागु भएको जोडविजोर प्रणालीको अवज्ञा गर्न सबैलाई आह्वान गरेका छन् । भोलिदेखि काठमाडौंमा सुरु हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै सरकारले आजबाट लागु गरेको जोर बिजोर प्रणाली लागू गरेको छ ।

जसले गर्दा आम सर्वसाधारणले सास्ती पाएको भन्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले त्यसको अवज्ञा गर्दै सडकमा उत्रिन आह्वान गरेका हुन् । गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा जनतालाई सास्ती दिने किसिमले लागु गरेको जोरबिजोर कार्यक्रम खेदजनक भएको उल्लेख गर्दै नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त आह्वान गरेका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ। तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।’

युथ कांग्रेस नेपालले पनि एक विज्ञप्ती जारी गर्दै जोरविजोर व्यवस्थाको अवज्ञा गर्न आह्वान गर्न आह्वान गरिएको छ ।

Logo