संघीय संसद्को हिउँदे अधिवेशन पुस पहिलो साताका लागि प्रस्ताव

संघीय संसद्को हिउँदे अधिवेशन पुस पहिलो साताका लागि प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय संसद्को हिउँदे अधिवेशन पुस पहिलो साताबाट सुरु गर्न संघीय संसद्ले सरकारलाई प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरकारलाई पुस पहिलो साता अधिवेशन आह्वान गर्न प्रस्ताव गरेका हुन् । संसद् अधिवेशन नहुँदा संविधानले नै तोकेको व्यवस्थानुसार आगामी २१ फागुन भित्र सबै कानुन निर्माण गर्न कठिन हुने देखिएको छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी संसद् अधिवेशन आह्वानका लागि सरकारसँग आग्रह गरेका छन् । सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक भएकाले पुसको पहिलो साता अधिवेशन आह्वान गर्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने बुधबार जानकारी दिए । बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपाली कांग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो साता अघि संसद्को हिउँदे अधिवेशन बोलाउने अवस्था छैन ।’

संसद्को हिउँदे अधिवेशनमा संविधानसँग बाझिएका सबै कानुन संशोधन र परिमार्जन गर्ने सरकारको तयारी छ । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारबाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराए ।
राजधानीबाट

Logo