प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । "/>

२०० कानुन तत्काल संसोधन गर्नुपर्छ भन्दै सभामुख र राष्ट्रियसभाका अध्यक्षको आक्रोश (भिडियोसहित)

२०० कानुन तत्काल संसोधन गर्नुपर्छ भन्दै सभामुख र राष्ट्रियसभाका अध्यक्षको आक्रोश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नु पर्नेछ ।

सोही कामका सरकारले विशेष ध्यान दिनुपर्ने सभामुख महराको भनाई छ । सभामुख महराले संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराए ।

मंगलबार राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘ऐन कार्यान्वय मापन तथा अध्ययन अनुसन्धान’सम्बन्धि एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले संविधान बमोजिम संविधान बने/नबनेको विषयमा पनि संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको कामलाई प्रभावकारी बनाउने मूल दायित्वलाई पूरा गर्न संघीय संसदका सबै सांसदहरुलाई सचेत गराए । उनले संसदीय समितिमा सदस्यहरुको अनुपस्थितिका कारण बैठक समेत बस्न नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसो नगर्न पनि संघीय संसदका सबै सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै समितिका सभापति परशुराममेघी गुरुङले ऐन निर्माण र कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन समितिले सो गोष्ठीको आयोजना गर्नु परेको स्पष्ट पारेका थिए ।

Logo