प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्माणमा सहभागी हुन सबैलाई पुनः आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको एक्लो प्रयासले मात्रै मुलुक बनाउन नसकिने पनि स्पष्ट पारे । "/>

सरकारको एक्लो प्रयासले मात्रै मुलुक बन्दैनः प्रधानमन्त्री

सरकारको एक्लो प्रयासले मात्रै मुलुक बन्दैनः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्माणमा सहभागी हुन सबैलाई पुनः आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको एक्लो प्रयासले मात्रै मुलुक बनाउन नसकिने पनि स्पष्ट पारे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकासमा सक्दो योगदान दिन उद्योगीहरुलाई पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा आर्थिक उन्नतिका लागि सुशासन र आर्थिक विकासमा जोड दिएको पनि दोहो¥याएका छन् । उनले आर्थिक उन्नतिकै लागि सरकारले सबै नागरिकलाई उत्तिकै सम्मान, सुरक्षा र अवसरको प्रत्याभूति गराउने प्रयास गरिरहेको दावी समेत गरे ।

प्रधानमन्त्री ओलीले मुलुकलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको मुलुक बनाउने सकिने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे । मुलुकमा रहेको खानी, फलाम, पानीलगायतका प्राकृतिक स्रोतहरुको उचित परिचालन गरेर मुलुकलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको मुलुकमा परिणत गर्न सक्ने प्रधानमन्त्री ओलीको योजना छ ।

तर त्यसका लागि हरेकले एक कदम अघि बढेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले सरकारले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्र र सहकारिताको अवधारणालाई अघि सारेको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नतिका लागि सरकारले सुशासनको बाटोलाई अवलम्बन गरेर अघि बढिरहेको पनि बताए ।

Logo