वाईडवडी खरिदमा चरम भ्रष्टाचार भएको भन्दै सांसदहरु नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि खनिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आईतबारको बैठकमा वाईडवडी खरिद गर्दा सिधै उत्पादकसंग नगरेर विचौलिया कम्पनीसंग गरिएको, विमान खरिद प्रस्तावमा उल्लेख गरिएको प्रावधान विपरित खरिद गरिएको भन्दै सांसदहरुले महाप्रबन्धक कंसाकारमाथि आक्रोश पोखेका हुन् । "/>

विमान घोटाला प्रकरणः कंसाकारमाथि सांसदहरुको आक्रोश (भिडियोसहित)

विमान घोटाला प्रकरणः कंसाकारमाथि सांसदहरुको आक्रोश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

वाईडवडी खरिदमा चरम भ्रष्टाचार भएको भन्दै सांसदहरु नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि खनिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आईतबारको बैठकमा वाईडवडी खरिद गर्दा सिधै उत्पादकसंग नगरेर विचौलिया कम्पनीसंग गरिएको, विमान खरिद प्रस्तावमा उल्लेख गरिएको प्रावधान विपरित खरिद गरिएको भन्दै सांसदहरुले महाप्रबन्धक कंसाकारमाथि आक्रोश पोखेका हुन् ।

महाप्रबन्धक कंसाकारले आफुले राम्रो काम गर्दै आएको र सर्वोच्च अदालतले पनि सफाई दिएको अभिव्यक्ति दिएपछि सदस्यहरु आक्रोशित बनेका हुन् । विमान खरिदमा भ्रष्टाचार गरेर निगमलाई धरासायी बनाउने काममा संलग्न भएको भन्दै सोही विषयमा छलफल चलिरहदा उनले आफुलाई अब्बल दर्जाको भन्दै बैठकमा प्रस्तुत भएपछि यो विषय थप आलोचक बनेको हो ।

Logo