नेपाली काँग्रेसको केन्द्रियकार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको छ ।

नेपालीकाँग्रेस केन्द्रियकार्य समितिको आईतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको हो । "/>

के भयो कांग्रेस महासमिति बैठकमा ? (भिडियोसहित)

के भयो कांग्रेस महासमिति बैठकमा ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको केन्द्रियकार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको छ ।

नेपालीकाँग्रेस केन्द्रियकार्य समितिको आईतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको हो । पार्टीका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले देशभरका पार्टी नेता, कार्यकर्तासँग व्यापक छलफल गरी तयार गरेको विधान संशोधन मस्यौदा केन्द्रियकार्य समितिमा पेश भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीका सबै निकायसँग व्यापक छलफल गरी तयार पारिएको मस्यौदा केन्द्रियकार्य समितिमा पेश गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार पार्टीको सम्पूर्ण संरचना बनाउने गरी विधान संशोधन मस्यौदा तयार पारिएको छ ।

मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ता वगरिएको छ । दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने गरी विधानमा सो प्रस्ताव गरिएको पनि प्रवक्ता लेखकले बताए । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्तावगर्दा ३ जनाभन्दा बढि गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।

Logo