नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औंद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी हुन् । "/>

औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग वाणिज्य महासंघको माग

औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग वाणिज्य महासंघको माग

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औंद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप पनि लगाउनु भयो । उद्योग दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा बोल्दै अध्यक्ष राणाले भन्सार छुट लगायतका सुविधा नदिएर सरकारले व्यवसायिक वातावरण बनाउन नसकेको तर्क समेत गरिन् ।

महासंघले चुलिँदो व्यापार घाटा कम हुने गरी औद्योगिक वातावरण निर्माणमा केन्द्रित हुन पनि सरकारलाई आग्रह गरेको छ । अध्यक्ष राणाले उत्पादनमूलक उद्योगका लागि आवश्यक नीति बनाएर सरकारले व्यापार घाटा न्यूनिकरणमा जोड दिन ढिलाई गर्न नहुने पनि बताइन् ।

उनले मुलुकलाई समृद्ध बनाउने नारालाई साकार बनाउन पनि उत्पादनमूलक उद्योग फष्टाउने वातावरण बनाउन सरकार गम्भिर बन्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

Logo