काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनसभा गर्दैछ । पार्टीको पाँचौं पुर्नगठनको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । "/>

विप्लव कार्यकर्ता ‘रातो लुगा’ लगाएर काठमाडौंका सडकमा (५ तस्बिरमा)

विप्लव कार्यकर्ता ‘रातो लुगा’ लगाएर काठमाडौंका सडकमा (५ तस्बिरमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनसभा गर्दैछ । पार्टीको पाँचौं पुर्नगठनको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

पूर्व घोषित कार्यक्रमको लागि देशभरबाट सर्वसाधारण तथा नेकपाका नेता-कार्यकर्ता तथा समर्थक-शुभचिन्तक काठमाडौं पुगेका छन् । जनसभा भृकुटीमण्डपमा हुनेछ । यसअघि रत्नपार्कस्थित शान्तिवाटिका जनसभाको गर्ने भनिएको थियो ।

कार्यक्रलाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । त्यस्तै अन्य कम्युनिस्ट घटकहरुलाई पनि कार्यक्रममा निम्तो दिइएको छ । नेकपा (माले) का महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि जनसभालाई सम्बोधन कार्यक्रम रहेको छ ।

जनसभा पूर्व काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु भएको छ । उनीहरुले सरकारविरुद्ध तथा वर्तमान शासनसत्ता विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । सभामा देशभरबाट एकलाख कार्यकर्ता उतार्ने नेकपाले दाबी गरेको छ । त्यसका लागि राजधानीका विभिन्न नाकाहरुबाट नेकपाको जुलुस यतिबेला भृकुटीमण्डपतर्फ गइरहेको छ ।

कार्यक्रममा पार्टी महासचिव विप्लव भने उपस्थित हुने छैनन् । उनले पार्टी पुनर्गठन दिवसको अवसरमा शुभ–कामना सन्देश दिएका छन् । उनले शनिबार विहानै सन्देशमार्फत क्रान्तिकारी, वामपन्थी, देशभक्त, जनवादी शक्तिका साथै आम जनसमुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

यस्तो छ शुभकामना सन्देशको पूर्णपाठः

हाम्रो पार्टीले विगत ४ वर्षदेखि मङ्सिर ८ गतेलाई विशेष दिनका रूपमा मनाउँदै आएको छ । त्यसैले यस वर्ष पनि मुख्य रूपमा काठमाडौँको प्रदर्शनीमार्गमा विशाल जनप्रदर्शनसहित भव्य जनसभा आयोजना गर्दैछ । साथै देशका सबै जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । उक्त सभालाई हाम्रा पार्टीका प्रवक्तालगायत जिम्मेवार कमरेडहरूका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरूमा सहकार्य र संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनमा सहभागी हुँदै आउनुभएका मित्र पार्टी तथा सङ्गठनहरूका मुख्य नेताहरूले पनि उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ

सर्वविदितै छ, हाम्रो पार्टीले प्रतिक्रियावादी र प्रतिगामीहरूका विरुद्ध मात्र होइन, संशोधनवाद, नवसंशोधनवाद र छद्म संशोधनवादका विरुद्ध शृङ्खलाबद्ध सङ्घर्ष गर्ने क्रममा २०७१ साल मङ्सिर ८ मा निर्णायक, उच्च र नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी महत्व राख्ने विद्रोह गरेको थियो । साथै नेपालमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्ग्निर्देशक सिद्धान्त मान्दै एकीकृत जनक्रान्तिको कार्य्दिशालाई अँगाल्दै नेपाली क्रान्तिलाई पूरा गर्र्न वैज्ञानिक समाजवादको स्थापनासहित साम्यवादमा पुग्ने लक्ष्य लिई २०७१ साल मङ्सिर ८ गते क्रान्तिकारी पार्टी पुनर्गठन गरेका थियौँ । आज क्रान्तिकारी पार्टी पुनर्गठन भएको ४ वर्ष पूरा भएर ५ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा हामी नेपालका क्रान्तिकारी, वामपन्थी, देशभक्त, जनवादी सबै शक्तिहरूलगायत हाम्रो पार्टीका नेता–कार्यकर्ता, नेपाली क्रान्तिका मुख्य आधार नेपाली जनता, न्यायका क्षेत्रमा काम गरिराख्नुभएका मानवअधिकारवादी, कानुनविद्, पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

हामीले विगतमा भन्दै आएको र अहिले पनि भन्ने कुरा के हो भने यो दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो हुनेवाला छैन । बरु राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रतिदिन कमजोर र कष्टकर बन्दै जानेछ । त्यसैले यो संसदीय व्यवस्थाअन्तर्गत बनेको संविधान, त्यही संविधानले निर्देश गरेअनुसार भएका सबै तहका चुनावहरू खारेज र बहिष्कार गरेका थियौँ । चुनावपछि सरकार बनेको यो १० महिनासम्म पुग्दा हामीले गरेका तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएका छन् । ‘वाम’ भनेर जनतामा भ्रम छरिराखेको यो सरकार सामाजिक फासिवादी बन्न पुगेको छ । जनता यो सत्ता र सरकारबाट आजित र हैरान हुन पुगिराखेका छन् । यहाँ भनिराख्नु पर्दैन, राष्ट्रियता, जनतन्त्र र जनजीविका त इतिहासकै गम्भीर घुम्तीमा पुगेका छन् । साथै महिला हिंसा, हत्या र बलात्कार चरम छन् । महँगी, भ्रष्टाचार, कालोबजारीले नयाँ इतिहास बनाएको छ । कहाँसम्म भने हाम्रो देशका नदी एउटा देशले अर्कैलाई बेचिदिन्छ । हत्या, हिंसा, लुटका कारण देश र जनता असुरक्षित छन् ।

त्यसैले अहिले जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको माग गरिराखेका छन् । त्यो वैकल्पिक राज्यप्रणाली वैज्ञानिक समाजवादी व्यवस्था हो । यसै सन्दर्भमा उक्त वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी अहोरात्र खटिराखेको र मेहनत मात्र गरेको छैन, जनतासँग एकाकार भएर अभियानमा लामबद्ध छ । यो महान् अभियानमा लामबद्ध हुन, आवश्यक सहयोग, समर्थन र ऐक्यबद्धता व्यक्त गर्न न्याय र समानताका पक्षमा उभिनुहुने सबैमा आग्रह गर्दछौँ ।

Logo