भैरहवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन् । "/>

सरकार विरुद्ध माधव नेपाल त बोली सके, हाम्रा साथीहरु एक शब्द बोल्दैनन् : देउवाको दुखेसो

सरकार विरुद्ध माधव नेपाल त बोली सके, हाम्रा साथीहरु एक शब्द बोल्दैनन् : देउवाको दुखेसो

केन्द्रबिन्दु
0
Shares

भैरहवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन् । ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ । ओली सरकारलार्इ दुनीयाँकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वेच्छाचारी भएको उल्लेख गर्दै देउवाले सरकारको अधिनायकवाद बिरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नु पर्ने बेला आएको बताएका हुन् ।

राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि प्रदेश पाँचको भैरहवामा गरीएको कार्यशाला गोष्ठिलार्इ सम्बोधन गर्दै सभापति देउवाले अधिनायकवादी सरकारबाट प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलार्इ नै खतरा रहेको दावी गरे ।

कम्युनिष्ट अधिनायकवाद बिरुद्ध लडन कांग्रेस बलियो हुनु पर्ने भन्दै देउवाले अन्तरघातको पुरानो रोगबाट मुक्त भइ सरकारको सर्वसत्तावाद र स्वेच्छाचारी कदम बिरुद्ध लड्नु पर्नेमा जोड दिए । ‘हत्या हिंसा, बलत्कारका घटना बढीरहेका छन् । महंगीले जनता आक्रान्त छन् । जनताले सुरक्षाको अनुभुती गर्न पाएका छैनन् । यस्तो पनि बहुमतको शक्तिशाली सरकार हुन्छ’ देउवाले भने ।

‘माधव नेपालले ओली बिरुद्ध बोल्ने आँट गरीसके, बोली सके तर हाम्रा साथीहरु सरकार बिरुद्ध एक शब्द बोल्दैनन् । किन बोल्दैनन् बुझ्न सकेको छैन’ देउवाले भने । पार्टी भित्र अन्तरघात गर्ने र सभापतिलाइ मात्रै दोष लगाएर पानी माथिको ओभानो बन्ने बेला नरहेको भन्दै उनले सरकारका गलत क्रियाकलाप विरुद्ध बोल्न आफ्नै नेताहरुलार्इ आग्रह गरे । ‘खाली शेरबहादुरले यसो गर्यो उसो गर्यो भनेर मेरो मात्रै बिरोध गर्ने भा–नभाको बोल्दै हिडने ?

लोकतान्त्रिक पार्टीको जिम्मेवार नेता भएर ओली बिरुद्ध किन नबोल्ने ? तपार्इंहरुमा हिम्मत छैन’ देउवाले आफ्नै पार्टी नेताहरुलाइ प्रश्न गर्दै भने, अब यस्तो चालाले भएन तपार्इंहरुले पनि हिम्मत गर्नु पर्यो ।’ अबको लडार्इं पार्टी भित्र नभइ कम्युनिष्टहरुसँग गर्नु पर्ने भन्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात र कलहलार्इ छोडेर सरकारको अधिनायकका बिरुद्ध आवाज उठाउन आफ्ना नेताहरुलार्इ आग्रह गरे ।
नागरिकबाट

Logo