सरकारले दुई पटक बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज एकसातापछि एकै पटक सार्वजनिक गरेको छ। "/>

मन्त्रिपरिषद्को दुई वटा बैठकको निर्णय एक हप्तापछि सार्वजनिक

मन्त्रिपरिषद्को दुई वटा बैठकको निर्णय एक हप्तापछि सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सरकारले दुई पटक बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज एकसातापछि एकै पटक सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को बैठकका निर्णयहरु तत्काल सार्वजनिक नगरेको भन्दै चर्को बिरोध भैरहदा समेत सरकारले एक सातापछि मात्रै निर्णयहरु सार्वजनिक गरेका छन्, त्यो पनि दुई वटा बैठकका निर्णयहरु एकैपटक ।  

गत कात्तिक २९ र मंसिर ३ गतेको  बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज निर्णयहरु आज मात्रै सार्वजनिक गरिएको हो । बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन्।

निर्णय अनुसार सरकारले गत ०७१ साउन १७ गते गएको सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितको लागि संकलन गरिएको रकम फुकुवा गर्ने निर्णय गरेको छ। त्यस्तै गरि अब मंसिर ९ (नोभेम्बर २५) गते महिला हिंसा विरुद्धको दिवस मनाइने भएको छ। 

त्यस्तै, मंसिर ३ को निर्णय अनुसार सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने भएको छ। त्यस्तै, ७ सय ५३ स्थानीय तहमा सो अन्तर्गत रोजगार केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले सरकारले राष्ट्रपति र उपराष्ट्रपतिका लागि विलासी सवारी साधन र आवास प्रबन्ध गर्न लागिएको भन्ने प्रचार सत्य नभएको दावी गरे। ‘राजतन्त्र अन्त्य गरी मुलुक राष्ट्रपतीय संरचनामा गएपछि त्यो संस्थाका लागि गाडी खरिद गरिएको थिएन’ बास्कोटाले भने, ‘के ती संस्थालाई केही चाहिँदैन भन्न सक्छौँ?’

मन्त्री बास्कोटाले ‘के राष्ट्रपतिले साइकलमात्र प्रयोग गर्ने हो त?’ भनेर सोधेको थिए। उनले ‘९ मंसीर २०७१ मा नै प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौति नगरपालिकामा निर्माण गर्ने सम्झौता नेपाल सरकार र भारत सरकारबीच प्रतिष्ठान राख्ने सहमति भइसकेको समेत बताए ।

Logo