रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । "/>

कार्यकर्तालाई देउवाको निर्देशन, ‘किन मेरो पछि लागिरहेको, सरकारको विरोध गर्नुस्’

कार्यकर्तालाई देउवाको निर्देशन, ‘किन मेरो पछि लागिरहेको, सरकारको विरोध गर्नुस्’

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सरकार गलत बाटोमा हिडिरहेको भन्दै त्यसको विरोधमा उत्रिन कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध गर्न भनेका हुन् । उनले नेता तथा कार्यकर्ताहरुलाई सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्न समेत गरेका छन् ।

नेकपाबाटै सरकारको विरोध भईरहेको बेला नेता तथा कार्यकर्ताहरुले आफ्नो विरोध गर्न तर्फ लागेको भन्दै आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको ओली सरकारको विरोध नगर्ने भन्दै आपत्ति जनाए ।

‘नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोलिरहेका छन्,’ सभापति देउवाले प्रश्न गरे, ‘के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन् ? नेकपाको खिलाफमा बोल्नुस्, किन डराउनुहुन्छ ?’

आफ्नो विरोध गर्दा पार्टी झनै कमजोर हुने भन्दै यस्तो कार्य तत्काल बन्द गर्न देउवाले नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

 

 

Logo