हालका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कुनैवेला कडा टक्कर दिएका किशोर विश्वास मंसिर ३ गते सोमबार दिउसो एकाएक राष्ट्रिय मानव अधिकार आयोग पुगे । "/>

किशोर विश्वास किन पुगे मानवअधिकार आयोग ? (भिडियोसहित)

किशोर विश्वास किन पुगे मानवअधिकार आयोग ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हालका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कुनैवेला कडा टक्कर दिएका किशोर विश्वास मंसिर ३ गते सोमबार दिउसो एकाएक राष्ट्रिय मानव अधिकार आयोग पुगे । मधेस आन्दोलनमा सह अध्यक्षको रुपमा मुलुक थर्काएका विश्वास आयोगमा जानुको कारण भने राजनीति नभएर वातावरण सम्बन्धि थियो ।

सुनसरी जिल्लाको दुहबी–२ का स्थानीयबासीले एक स्टिल उद्योग सञ्चालनका क्रममा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन विपरीत गरेको पाइएको उल्लेख गर्दै उनी ध्यानाकर्षण गराउन प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आयोग पुगेका थिए ।

दुहबी नगरपालिका – २ मा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको सञ्चालन स्वीकृति गोप्य, जालझेल, दवाव र प्रभाव, षडयन्त्रपूर्वक प्रारम्भिक वातावरणीय परीक्षण र प्रभाव मूल्यांकन बिना नै गलत भएको स्थानीयबासीको दावी रहेको उल्लेख गर्दै विश्वासले आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई ज्ञापन पत्र समेत पढेर सुनाएका थिए ।

प्रमुख आयुक्त अनुपराज शर्मालाई बुझाइएको ११ बुँदे ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामी प्रभावित स्थानीय जनता, जनप्रतिनिधि, साँधसधियार, गाउँ, समाज लगायतको रोहबर जानकारी र सहमतिबिना गोप्य रुपमा स्वीकृति लिइएको छ, ध्वनि, धुँवाधुलो लगायतका कारण जनस्वास्थ्य र जनजीविकामा असर परेको छ ।’ नवीन शिक्षा निकेतन आधारभूत माध्यमिक विद्यालय नजिकै रहेको उक्त उद्योग हटाउन स्थानीयको माग छ ।

दुहवी नेपाली कांग्रेसका नयाँ उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । त्यहाँ कांग्रेस मात्र होइन, नेकपा, फोरम, राजपाको बलियो उपस्थिति रहेको छ । तर जनजिविकाको यो सवालमा भने ती ठूला दल मुकदर्शक बनेपछि कुनैवेलाका भयंकर मधेसवादी नेता विश्वास मानव अधिकार आयोग पुगेका हुन् । यसअघि उनी शिक्षामन्त्री कहाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पुगिसकेका छन् ।

ज्ञापन पत्रको बोधार्थ विभिन्न विभागीय मन्त्रालयका साथै प्रधानमन्त्री समेतलाई बुझाई सकिएको छ । विश्वासको यो अभियानले दुहवी २ का स्थानीयवासीले पाउँदै आएको वातावरणीय सास्तीवाट मुक्ति पाउलान् रु यो भने हेर्न बाँकी छ ।

Logo