शेर बहादुरका अगाडि गगनको यस्तो आक्रोश (भिडियोरिपोर्ट)

शेर बहादुरका अगाडि गगनको यस्तो आक्रोश (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गरेका हुन् ।

दुई तिहाईको सरकार गठन संगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै उनले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गरे ।

अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्टभुमिमा फेरी एक पटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

उनले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्न पनि उहाँले नेता कार्यर्तालाई निर्देशन दिए । पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो ।

त्यस्तै नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पुर्ण भुमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टीप्पणी गरे ।

उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भुमिका निर्वाह गरेको दाबी गरे । लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताए ।

राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे । उनले भने, “संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो । कांग्रेस सत्ता हो । कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो । हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ।

” उनले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए । उनले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालिन र अल्पकालिन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गरे । कांग्र्रेसको विधान अनुसार महासमिति बैठकले महाधिवेशनले गर्ने केन्द्रीय समितिको निर्वाचन बाहेक सबै निर्णय गर्न पाउने अधिकार राख्छ ।

Logo