सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ ।

विश्व एण्टिवायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गरेका हुन् । "/>

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सरकारको निर्देशन

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ ।

विश्व एण्टिवायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गरेका हुन् ।

उनले आगामी दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले विज्ञको परामर्श बिना नै एण्टिबायोटिक औषधी सेवनको गति दैनिक बढ्दै गएको अवस्थामा सरकार एक्लैको प्रयास प्रभावकारी हुन नसक्ने भएकाले सबै वर्ग र तहबाट ऐक्यवद्धता आवश्यक रहेको बताए ।

यस बर्षको विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको नारा “एण्टिबायोटिक्स प्रयोग गर्नु अघि सोचौ । चिकित्स (स्वास्थ्यकर्मी)को सल्लाहमा मात्र एण्टिवायोटिक्सको प्रयोग गरौ । यसको दुरुपयोगले हामी सबैलाई जोखिममा पार्छ ।” रहेको छ ।

बैज्ञानिक एलेक्ेण्डर फ्लेमिङ्खले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नाम गरेको एण्टिवायोटिक्स औषधि पत्ता लगाएका थिए । तर १९४० को दशकको सुरुवातबाट मात्रै पेनिसिलिन व्यवसायिक रुपमा बजारमा आएको थियो । तर पछिल्लो दुई दशकदेखि एण्टिवायोटिक्स औषधिहरु कम प्रभावकारी हुदै गईरहेको अध्ययनहरुले देखाएका छन् । साथै विज्ञको सल्लाह बिना औषधी सेवन गर्ने क्रम पनि बढ्दै गएको छ ।

 

Logo