काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ । .

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । "/>

फोहोरमैला व्यवस्थापनको काममा अवरोध गर्ने कर्मचारीलाई कडा कारबाही (भिडियोसहित)

फोहोरमैला व्यवस्थापनको काममा अवरोध गर्ने कर्मचारीलाई कडा कारबाही (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ । .

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । सोमबार काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ ४० लाख भन्दाबढि मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पु¥याउने जोकोहीलाई पनि कार्वाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए ।

उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भईरहेको जानकारी दिए । सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भईरहेको मेयर शाक्यको भनाई थियो ।

मेयर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धि तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै संचारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गरेका हुन् । कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

 

 

Logo