प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गरेका हुन् । "/>

सरकार अधिनायकवादतर्फ उन्मुखः देउवा

सरकार अधिनायकवादतर्फ उन्मुखः देउवा

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गरेका हुन् । दुई तिहाईको सरकार गठन संगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै उनले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गरे ।

अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्टभुमिमा फेरी एक पटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

उनले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्न पनि उनले नेता कार्यर्तालाई निर्देशन दिए । पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो ।

Logo