उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्ति सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ।

उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू विज्ञानसम्बन्धि ज्ञानको सदुपयोग गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । "/>

११ देशका १८० भू -वैज्ञानीकहरु नेपालमा

११ देशका १८० भू -वैज्ञानीकहरु नेपालमा

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्ति सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ।

उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू विज्ञानसम्बन्धि ज्ञानको सदुपयोग गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । सोमबार काठमाडौंमा आयोजित भू वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले भू–विज्ञानसम्बन्धि ज्ञानको आधारमा सडकलगायतका पूर्वाधार निर्माण गर्न सके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने पनि उल्लेख गरे । उपराष्ट्रपति पुनले प्राकृतिक स्रोत, साधनको उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अन्तराष्ट्रिय समुदायको सहयोग निरन्तर रहिरहने विश्वास पनि व्यक्त गरेका छन् ।

भारत, चीन, अमेरिका, इटालीलगायत ११ देशका १ सय ८० भन्दा बढि भू वैज्ञानिकहरु सहभागी रहेको सम्मेलनले भू जोखिम न्यूनिकरण, पानीको व्यवस्थापन, खनिज उत्खननलगायतका विषयमा गहन छलफल गर्नेछ । भू–जोखिमबाट बच्न र मुलुकको समृद्धिका लागि प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन गर्न सम्मेलन उपयोगी हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् सम्मेलन आयोजक समितिका सहसंयोजक सुबोध ढकालले जानकारी दिए ।

सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि भू विज्ञानका उपयोगिताका विषयमा पनि विस्तृत छलफल हुनेछ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति भएपछि त्यसको उचित व्यवस्थापनका लागि नेपालमा विपद व्यवस्थापनसम्बन्धि विभिन्न अन्तराष्ट्रिय सम्मेलन हुँदै आएको छ ।

 

Logo