विराटनगगर

कांग्रेसभित्र कोइराला परिवारका तीन नेताहरूले विगतका सबै तिक्तता बिर्सेर एक भएको उद्घोष गरेका छन् । "/>

काँग्रेसको बिरासतका लागि तीन कोइराला एकै ठाउँ

काँग्रेसको बिरासतका लागि तीन कोइराला एकै ठाउँ

केन्द्रबिन्दु
0
Shares

विराटनगगर

कांग्रेसभित्र कोइराला परिवारका तीन नेताहरूले विगतका सबै तिक्तता बिर्सेर एक भएको उद्घोष गरेका छन् । आइतबार विराटनगगरस्थित कोइराला निवासमा जिपी फाउन्डेसनको १ नम्बर प्रदेश कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्दै डा. शशांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालाले एकताको उद्घोष गरेका हुन् ।

उनीहरूले आफूहरू कहिल्यै विभाजित नभएको र भविष्यमा पनि कुनै हालतमा नहुने उद्घोष मात्र गरेनन्, मञ्चमा एउटै माला लगाएर एकताको सन्देश पनि प्रवाह गरे । कांग्रेस महामन्त्री डा. शशांक बिपीपुत्र, केन्द्रीय सदस्य सुजाता गिरिजापुत्री र डा. शेखर नोना र केशवप्रसाद कोइरालाका छोरा हुन् । तीनै जनाले एकैपटक ब्यानर उघारेर फाउन्डेसनको कार्यालय उद्घाटन गरेका थिए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले काका गिरिजाप्रसादलाई युगपुरुषको संज्ञा दिँदै विराटनगर कांग्रेसका लागि ऊर्जावान स्थान भएको र आफूहरू पार्टी बलियो बनाउन एक भएको बताए । ‘गिरिजाबाबु केही सन्देश दिनुपर््यो भने विराटनगर किन आउनुहुँदो रहेछ भन्ने मैले बल्ल बुझ्न पाएँ, यसैले म निर्धक्कका साथ भन्छु, हामी कहिल्यै फुटेका छैनौँ र फुट्दैनौँ, कांग्रेसलाई बलियो बनाएर राष्ट्र निर्माणका लागि सधैँ एक भएर लागिपर्छौं,’ उनले भने ।
नयाँ पत्रिकाबाट

Logo