विराटनगर । विराटनगरमा नेपाली कांग्रेसका तीन कोइरालालाई एउटै माला लगाईएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेका तिनै कोइरालालाई एउटै माला लगाईएको हो । "/>

विराटनगरमा तीन कोइरालालाई एउटै माला, कांग्रेसको साख फर्काउने दाबी

विराटनगरमा तीन कोइरालालाई एउटै माला, कांग्रेसको साख फर्काउने दाबी

केन्द्रबिन्दु
0
Shares

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसका तीन कोइरालालाई एउटै माला लगाईएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेका तिनै कोइरालालाई एउटै माला लगाईएको हो । गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बीपी पुत्र डा. शसांक, गिरिजापुत्री सुजाता र नोनापुत्र डा. शेखरलाई एउटै माला लगाईएको हो ।

सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा तिनै कोइरालाले एउटै मञ्चमा उभिएर कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरे । देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका थिए ।

कोइरालात्रयले एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरे । महामन्त्री शशांकले कांग्रेस अझै बीपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडि बढ्ने दाबी गरे ।

त्यस्तै केन्द्रीय सदस्य डा. शेखरले कांग्रेसलाई सशक्त बनाउन कोइरालाहरु एक ठाउँमा उभिएको बताए । कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष समेत रहेकी सुजाताले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न आफरुहरु एक भएको बताईन् ।

 

Logo