काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । वर्तमान सरकारको काउन्टडाउन सुरु भईसकेको भन्दै राजपाले अबको एकसाताभित्रमा समर्थन फिर्ता लिने चेतावनी दिएको हो । "/>

ओली सरकार समस्यामा, राजपाले ६ दिनपछि समर्थन फिर्ता लिने

ओली सरकार समस्यामा, राजपाले ६ दिनपछि समर्थन फिर्ता लिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । वर्तमान सरकारको काउन्टडाउन सुरु भईसकेको भन्दै राजपाले अबको एकसाताभित्रमा समर्थन फिर्ता लिने चेतावनी दिएको हो । राजपा महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिए ।

राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।’

नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए । उनले भने, ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन् ।’

सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेशका जनता आक्रोशित रहेको बेला आफूहरुले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले बताए । उनले भने, ‘ओलीजीको बारेमा सिँगो मधेशमा नकारात्मक अवस्था थियो । हामीले बहुत ठूलो रिस्क लिएर उहाँसँग हातेमालो गर्यौं । किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन् । हामीले विगत ३ वर्षदेखि वार्ता तथा संवादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संविधान संशोधन भएन् ।’

सरकार बनेको आज ९ महिना बितिसक्दा पनि सरकारले संविधान संशोधनको लागि आजसम्म ईमान्दार प्रयत्न नगरेको उनको आक्रोश छ । उनले भने, ‘सरकारले साँच्चीकै ईमानदार भएर प्रयत्न गर्ने हो भने हप्ता दश दिनभित्र संशोधन हुन्छ । तर, सरकारले हामीलाई बारम्बार धोका दियो । अब त हाम्रोपनि धैर्यताको बाँध टुट्यो ।’

मधेशी जनताले आफूहरुलाई संविधान संशोधन नहुने भए आन्दोलनका लागि मधेश झर्न थ्रेट दिईसकेको पनि उनले सुनाए । ‘हामी अहिले बाध्यकारी अवस्थामा छौं’– झाले थपे, ‘जनताले संशोधन नहुने हो भने काठमाडौं नबस्नुहोस, मधेश झर्नुहोस भनेर हामीलाई थ्रेट नै दिईसके । अब हामी यो ६ दिन पर्खिन्छौं । त्यसपछि पनि केही नभए समर्थन फिर्ता लिएर आन्दोलनको लागि मधेश झर्छौं ।’

 

Logo