काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा विद्यार्थीहरुले नारावाजी गरेका छन् । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र गर्न नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन् । "/>

कांग्रेस कार्यालयमा विद्यार्थीको नाराबाजी, दुई पक्षमा बाडिए

कांग्रेस कार्यालयमा विद्यार्थीको नाराबाजी, दुई पक्षमा बाडिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा विद्यार्थीहरुले नारावाजी गरेका छन् । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र गर्न नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन् ।

कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरेका हुन् । उनीहरु एकअर्काविरुद्ध आक्रामक रुपमा नै खनिएका छन् ।

त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत राख्ने विद्यार्थीहरुबीच धकेलाधकेल भएको हो । उनीहरुबीचको नाराबाजी नियन्त्रण गर्न प्रहरीनै परिचालन गरिएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।

 

Logo