धनगढी । धनगढीमा एक जनाको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति ३२ वर्षीय विजय थापाको हत्या गरिएको हो । "/>

धनगढीमा एक युवाको हत्या, कुटपिट गरेर घिसार्दै लैजाने व्यक्ति पक्राउ

धनगढीमा एक युवाको हत्या, कुटपिट गरेर घिसार्दै लैजाने व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी । धनगढीमा एक जनाको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति ३२ वर्षीय विजय थापाको हत्या गरिएको हो । प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय नजिकै रहेको नाष्ट कलेज नजिकै थापाको हत्या गरिएको हो । शुक्रवार राती ९ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।

स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले जानकारी दिए ।

कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पुर्‍याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो । टाउकोमा चोट लागेको र नाक मुखबाट रगत बगेको अवस्थामा थापालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

राति होटलमा असामान्य आवाज सुनिएपछि घर बाहिर निस्केका दीपेन्द्र चौधरीले सोही टोलमा गस्तीमा रहेको वडा प्रहरीको टोलीलाई खबर गरेका थिए । दीपेन्द्र सञ्चालित होटलको घरधनीका छोरा हुन् ।

घटनालगत्तै होटल परिसरमै थापालाई घिसार्दै गरेको अवस्थामा सेठीलाई पनि नियन्त्रणमा लिईएको वडा प्रहरी प्रमुख सिंहले बताए । घटनास्थलबाट प्रहरीले मृतकको स्कुटर र सेठीको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका सेठी लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको बताइएको छ ।

Logo