कृष्णसिंह धामी/काठमाडौं । गत आईतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने निर्णय गर्‍यो । "/>

‘नातावाद’ को प्रचारमा फसेका महिला राजदूतहरु

‘नातावाद’ को प्रचारमा फसेका महिला राजदूतहरु

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । गत आईतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने निर्णय गर्‍यो । थापाको ठाउँमा अञ्जान शाक्यलाई सिफारिस गरिएको थियो ।

थापालाई फिर्ता बोलाईकोबारे तत्कालै जानकारी थियो । तर शाक्यलाई सिफारिस गरिएकोबारे भने बिहीबार मात्रै सञ्चारमन्त्रीले सार्वजनिक गरे । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको केही समयमै अर्को खबर आयो, ‘अञ्जान शाक्य प्रधानमन्त्री केपी ओलीका साली’ जुन निकै चर्चित बन्यो ।

उनी राजदूत हुनको लागि योग्छ छन वा छैनन् त्यो विषयले प्राथमिकता पाएन तर नातावादले पहिलो प्राथमिकता पायो । उनको प्रधानमन्त्री ओलीसँगको सम्बन्ध कस्तो थियो त्यसको चर्चाको विषय बन्यो । संखुवासभाकी अञ्जानको प्रधानमन्त्री ओलीसँग चिनजान बाहेक अरु कुनै साईनो छैन् ।

शाक्यलाई प्रधानमन्त्री ओलीकी ‘साली’ भनेर विभिन्न तहबाट आलोचना सुरु भयो । पूर्व सञ्चारकर्मी समेत रहेकी शाक्य गायिका पनि हुन् । उनको ‘यो मन्दिर यो मस्जिद’ बोलको गीत एकताका नेपाल टेलिभिजनमा निक्कै चर्चित थियो ।

नेपाल टेलिभिजनमा समाचार वाचिका समेत रहेकी शाक्यले सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी हुन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समय सम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी उनी अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष थिइन् ।

उनको योग्यतालाई कदर गरेरै राजदूतमा सिफारिस गरिएको मन्त्रिपरिषद्को दावी रहेपनि यसलाई नातावादी भने प्रचार गरियो । शाक्यले पद्मकन्या कलेजमा २०५२ साल देखि करिब एक दशक प्राध्यापन गरेकी थिइन् ।

विवादमा तानिने उनी एक मात्र होईनन् यसअघि पनि नातावादको चर्चा चलेकै थियो । तत्कालिन नेकपा माओवादी र नेपाली कांग्रेसको सरकारले गरेका कतिपय राजदूत नियुक्ति पनि नातावादी कित्ताबाट विवादमा फँसेका थियो ।

शेरबहादुर देउवाकी सासु प्रतिभा राणाः
जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि नातावादमा तानिईन् । राणा नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाकी सासु हुन् । आफ्नो सरकारका समयमा राणालाई जापानको राजदूतमा सिफारिस गर्दा ठूलो विवाद भएको थियो । राणा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री थिइन् ।

गच्छदारको सिफारिसमा शर्मिला पराजुलीः
तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ओमानका लागि म्यानपावरवाली नामले परिचित शर्मिला पराजुलीलाई राजदूत बनाएको थियो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको दबाबमा प्रचण्ड सरकारले पराजुलीलाई ओमानको लागि राजदूत सिफारिस गरेको थियो ।

कांग्रेससँग नजिकको सम्बन्ध राखेको र नेताहरूसँग उठबस रहेका कारणले वैदेशिक रोजगार व्यवसायमा रहेकी शर्मिलाको नियुक्ति विवादमा तानिएको थियो । उनलाई तत्कालिन सरकारले राजदूत बनाएर ओमान पठाएको थियो ।

Logo