निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेका हुन् । "/>

कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि दोहो¥याए । निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने निर्वाचनको मिति कानुनमै तोकि दिन उपयुक्त हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको सरकारलाई सुझाव छ ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्न जाने स्पष्ट पारे ।

Logo