भारतको पिथौेरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । "/>

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

भारतको पिथौेरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

दार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नोभेम्बर १८ बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म पिथौरागढमा स्थानीय निकायको निर्वाचन हँुदैछ । सुरक्षाका कारण ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म पुल बन्द हुने भएको हो । रासस

Logo