काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । "/>

कांग्रेसले शनिवार केन्द्रीय कार्य समिति बैठक बोलायो

कांग्रेसले शनिवार केन्द्रीय कार्य समिति बैठक बोलायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नेपाल विद्यार्थी संघको विवाद, पार्टीको आन्तरिक विभिन्न विषयमा छलफल हुनेछ । नेवि संघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो पटक पनि अधिवेशन हुन सकेन ।

बरु यो बीचमा पार्टी नेतृत्वले एकपक्षीय रुपमा ३२ वर्षे उमेर हद लगाउने एउटा धाराबारे छलफल गराएपछि विवाद बढेको छ । अबको बैठकमा फेरि म्याद थप्ने वा वर्तमान कार्यसमिति भंग गर्ने भन्नेबारे छलफल हुनेछ ।

 

Logo