नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् । "/>

खराब आचरणका प्रहरीलाई कारवाही गर्छुः प्रहरी महानिरीक्षक

खराब आचरणका प्रहरीलाई कारवाही गर्छुः प्रहरी महानिरीक्षक

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् ।

काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।”

खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताए । गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घान गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरेका छन् । रासस

Logo