मन्त्री पद सम्हालेको ५ महिना वित्दा पनि ४ जना मन्त्रीले अझै सम्पत्ती विवरण बुझाएका छैनन् । सम्पत्ती विवरण नबुझाउनेमा एक जना उपप्रधानमन्त्री समेत रहेका छन् । "/>

५ महिना बित्दा पनि सम्पत्ती विवरण नबुझाएका ४ मन्त्री

५ महिना बित्दा पनि सम्पत्ती विवरण नबुझाएका ४ मन्त्री

केन्द्रबिन्दु
0
Shares

मन्त्री पद सम्हालेको ५ महिना वित्दा पनि ४ जना मन्त्रीले अझै सम्पत्ती विवरण बुझाएका छैनन् । सम्पत्ती विवरण नबुझाउनेमा एक जना उपप्रधानमन्त्री समेत रहेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका जनसंख्या तथा  स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत सम्पत्ती विवरण बुझाएका छैनन् । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले गत जेठ १८ गते मन्त्रीको पद सम्हालेका थिए ।

सोही दिन सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि सम्पत्ती विवरण बुझाएका छैनन् । राई पनि फोरमबाट नै मन्त्रीमण्डलमा सहभागि भएका हुन् । त्यस्तै गत साउन १८ गते स्वास्थ्य राज्यमन्त्री बनेका सुरेन्द्रकुमार यादवले सम्पत्ति विवरण बुझाएका छैनन् ।

फोरमबाट सहभागि मन्त्रीहरु मात्रै होईन सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मन्त्रीमण्डलमा सहभागि मन्त्रीले समेत सम्पत्ती विवरण बुझाएका छैनन् । गत साउन १८ गते मन्त्री कानुन मन्त्रीको शपथ ग्रहण गरेका भानुभक्त ढकालले पनि सम्पत्ती नबुझाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कानुनमन्त्री शेर बहादुर तामाङ्ले राजिनामा दिएपछि ढकालले मन्त्री पद सम्हालेका थिए।  

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारणा गरेको व्यक्तिले ६० दिनभित्र सम्वन्धित निकायमा सम्पत्ती विवरण पेश गर्नुपर्छ । यसरी सम्पत्ती विवरण नबुझाउने व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार पाँच हजार रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।

Logo