कन्चनपुरकी १३बर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना नाघ्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। हत्यारा सार्वजनिक गर्न मागगर्दै निर्मलाकाआमाबुबा, आफन्त र अधिकारकर्मीहरुले आइतबारदेखि अनिश्चितकालिन धर्ना शुरु गरेका छन् । "/>

निर्मलालाई न्याय दिन नसकेको सरकारले दिलाउला त एल्जिनालाई न्याय ?(भिडियोसहित)

निर्मलालाई न्याय दिन नसकेको सरकारले दिलाउला त एल्जिनालाई न्याय ?(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कन्चनपुरकी १३बर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना नाघ्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। हत्यारा सार्वजनिक गर्न मागगर्दै निर्मलाकाआमाबुबा, आफन्त र अधिकारकर्मीहरुले आइतबारदेखि अनिश्चितकालिन धर्ना शुरु गरेका छन् ।

उनीहरुले धर्ना शुरु गरेकै दिन उदयपुरमा पनि उस्तै प्रकृतिका घटना भएका छन्। रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको शव मृत अवस्थामा फेला परेको हो।वालिका खड्काको हत्या आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उदयपुरका प्रहरीप्रमुख एसपी चन्द्रदेव राईले स्थानीयको भनाइका आधारमा शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिए।

Logo