सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । "/>

सिटामोल अब घरघरमा पुग्ने

सिटामोल अब घरघरमा पुग्ने

केन्द्रबिन्दु
0
Shares

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ ।

सिटामोलको माग बढि रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्ष भित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । २ वर्ष भित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी सो योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिनु भयो । लिमिटेड बोर्ड बैठकले अव छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको छ ।

लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ । अव छिट्टै सिटाप्लस उत्पादनको काम सुरु हुने महाप्रबन्धक सुवेदीले बताए । सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको छ । बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कुरा भईरहेको पनि लिमिटेडले जनाएको छ ।

लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ । त्यसका लागि लिमिटेड आफैले अग्रसरता लिने तयारी गरिरहेको छ । महाप्रबन्धक सुवेदीले पञ्चवर्षीय व्यापारिक योजना कार्यान्वयनका लागि प्राविधिक तथा आर्थिक स्रोत जुटाउन सम्बन्धित मन्त्रालयसँग विस्तृत छलफल गर्ने पनि बताए । पञ्चवर्षीय योजना लागू गराउनका लागि लिमिटेडले संस्थागत क्षमता अभिवृद्धिको कामलाई जोड दिइएको पनि स्पष्ट पारेको छ ।रासस

Logo