बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो । "/>

मह जोडीले यसरी ग्रहण गरे, स्वर्ण पदक (भिडियोसहित)

मह जोडीले यसरी ग्रहण गरे, स्वर्ण पदक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।

त्यस अवसरमा उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको खुलेर प्रशंशा गरे । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गरेका छन् ।

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो । राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ति र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

Logo