देउवा विरुद्ध यसरी खनिए गगन थापा (भिडियोसहित)

देउवा विरुद्ध यसरी खनिए गगन थापा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।  नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका हुन् ।

शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए । नेता थापाले विधान विपरित जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराए । उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरेका छन् । सर्वोच्च नेता गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले रातोपुलमा सो स्मृति भवन बनाएको हो ।

Logo