आर्थिक उन्नतिमा जानुको विकल्प रहेन : शशांक कोइराला

आर्थिक उन्नतिमा जानुको विकल्प रहेन : शशांक कोइराला

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्रको सीप र कलाको भरपुर उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।

महामन्त्री कोइरालाले आफ्नो पार्टीले लिएको उद्धार आर्थिक नीतिका कारण मुलुकमा धेरै ठूलो परिवर्तन भएको दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको पनि स्मरण गराए । महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता समेत भएकाले अव आर्थिक उन्नतिमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

काँग्रेस महामन्त्री कोइरालाले पार्टीका संस्थापक संस्थापक विपी कोइरालाले लिनु भएको उद्धार आर्थिक नीतिले मुलुकलाई अघि बढाउन महत्वपूर्ण योगदान दिएको दावी पनि गरे । त्यस अवसरमा महामन्त्री कोइरालाले दसंै, तिहार, छठ पर्वको शुभकामना पनि व्यक्त गरका थिए ।

Logo