नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । "/>

सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप

सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लवले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए । आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ । मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो ।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनु परेको पनि स्पष्ट पारे । पूर्व उपप्रधानमन्त्री समेत रहेका भएका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना गरे।

Logo