नेपाली काँग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सभापतिको कार्यकाल यो नै अन्तिम हुनसक्ने बताएकी छन् । "/>

सभापति देउवाको कार्यकाल यो नै अन्तिम- सुजाता कोइराला

सभापति देउवाको कार्यकाल यो नै अन्तिम- सुजाता कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सभापतिको कार्यकाल यो नै अन्तिम हुनसक्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको देउसी–भैलो कार्यक्रममा नेतृ कोइरालाले यस्तो धारणा राखेकी हुन् ।

आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै उनले देउवालाई प्रश्न गरेकी छिन् । उनले भनिन्, ‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’ सञ्चारकर्मीहरुको देउसी भैलो टोलीसँग बोल्दै उनले भनिन्, ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन। सल्लाह लिएको भए राम्रो हुने थियो ।’

उनले देउवालाई गुटको होईन सिंगो काँग्रेस पार्टीको सभापति बन्न आग्रह गरिन् ।

Logo