प्रजातन्त्र सेनानी एवं सिन्धुपाल्चोकका विकसप्रेमी नेता दीपबहादुर रायमाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका रायमाझीको आफ्नै निवास मेलम्ची नगरपालिका– ५ मा निधन भएको सिन्धुपुराना गाउँ उच्च माविका प्राचार्य कुमार खतिवडाले जानकारी दिए । "/>

प्रजातन्त्र सेनानी रायमाझीको निधन

प्रजातन्त्र सेनानी रायमाझीको निधन

केन्द्रबिन्दु
0
Shares

प्रजातन्त्र सेनानी एवं सिन्धुपाल्चोकका विकसप्रेमी नेता दीपबहादुर रायमाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका रायमाझीको आफ्नै निवास मेलम्ची नगरपालिका– ५ मा निधन भएको सिन्धुपुराना गाउँ उच्च माविका प्राचार्य कुमार खतिवडाले जानकारी दिए ।

रायमाझी तीन पटक प्रधानपञ्च, एक कार्यकाल जिल्ला विकास समिति सदस्य र २०४८ सालको स्थानीय निर्वाचनमा तत्कालीन सिन्धुकोट गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । । उनी दुई पटक काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका काँग्रेस नेता तारानाथ दाहालले जानकारी दिए । रायमाझीको पार्थिव शरीरमा नेका जिल्ला सभापति विकास लामाले पार्टीको झण्डा ओडाएका छन् । उनलाई श्रद्धाञ्जलि अर्पण गर्न प्रदेश नं ३ का प्रदेशसमभा सदस्य निमा लामा तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल त्रिवेणीघाट पुगेका थिए ।

यसैबीच नेपाली काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी रायमाझीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा रायमाझीको निधनले पार्टीले एक कुशल नेतृत्वकर्ता गुमाएको उल्लेख छ । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले रायमाझीको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Logo