नेपाल स्टक एक्सचेञ्जले पूर्ण रुपमा अनलाईन कारोबार प्रणाली सुरु गरेको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट गर्ने प्रणालीको शुभारम्भ गर्नु भएको हो । "/>

शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट (भिडियोसहित)

शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेञ्जले पूर्ण रुपमा अनलाईन कारोबार प्रणाली सुरु गरेको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट गर्ने प्रणालीको शुभारम्भ गर्नु भएको हो । नेप्सेले केही महिनाको प्रयासपछि यो प्रणालीलाई पूर्ण रुपमा प्रयोगमा ल्याएको हो ।

यो प्रणाली सुरु भएसँगै शेयर लगानीकर्ताहरुलाई आफू बसेकै ठाउँबाट प्रविधिको उपयोग गरेर सहज तरिकाले सेयर कारोबार गर्ने बाटो खुला भएको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो सेवाले सेयर कारोबारलाई सहज बनाउने विश्वास व्यक्त गरे । अनलाईनबाट सेयर कारोबार गर्ने प्रणालीलाई व्यवस्थित बनाउन पनि मन्त्री खतिवडाले मातहतका निकायलाई सचेत गराए ।

उनले शेयर बजारलाई सहज बनाएर आर्थिक गतिविधिलाई अघि बढाउन सरकारले प्रविधिको विकासमा सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

Logo