परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले जनताको अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको दाबी गरे । "/>

जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता (भिडियोसहित)

जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले जनताको अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको दाबी गरे । दसैं, तिहार, नेपाल संवत, छठलगायतका चाडपर्वको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीकमजोरीलाई हटाउँदै वर्तमान सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको दावी पनि गरे । वर्तमान सरकारले आफ्नो ८ महिनाको समय त्यसैखेर नफालेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनताको अपेक्षालाई पूरा गर्न सरकार जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले हाम्रा चाडपर्वले सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिको पनि चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान दिन आह्वान गरे । मुलुकलाई समृद्ध बनाउने सरकारको सपना साकार पार्न आफूहरु प्रतिवद्ध भएर लागि परेको मेयर शाक्यको दावी छ ।

मेयर शाक्यले काठमाडौंबासीलाई सुःखी बनाउने अभियानमा काठमाडौं महानगरपालिका जुटिरहेको पनि बताए ।

 

Logo