काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआएपनि केही फरक नपर्ने बताएका छन् । "/>

प्रचण्ड भन्छन्, ‘मोदी नेपाल धेरै आए अब नआएपनि हुन्छ’

प्रचण्ड भन्छन्, ‘मोदी नेपाल धेरै आए अब नआएपनि हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआएपनि केही फरक नपर्ने बताएका छन् । विगतमा धेरै पटक नेपालको भ्रमण गरिसकेकाले अब स्थगित हुँदा पनि कुनै असर नपर्ने बताएका हुन् ।

मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले भ्रमण अनिश्चित भएको खबरहरु भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मोदी भ्रमणमा नआउँदा पनि कुनै फरक नपर्ने बताएका हुन् । ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’

 

Logo