पूर्व मन्त्री एवम् वरिष्ठ बामपन्थी नेता  तुलाधरको निधन भएको छ । मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउने क्रममा उहाँको आईतबार दिउँसो निधन भएको हो । "/>

रहेनन् वमपन्थी नेता पद्मरत्न तुलाधर (भिडियोसहित)

रहेनन् वमपन्थी नेता पद्मरत्न तुलाधर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पूर्व मन्त्री एवम् वरिष्ठ बामपन्थी नेता  तुलाधरको निधन भएको छ । मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउने क्रममा उहाँको आईतबार दिउँसो निधन भएको हो ।

मानव अधिकारवादी नेताका रुपमा समेत पहिचान बनाउनु भएका ७८ वर्षीय तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित थिए । मुटु र फोक्सोले काम गर्न छाडेपछि तुलाधरको निधन भएको अस्पतालले जनाएको छ ।

उनलाई मस्तिष्कघात भएपछि गत शुक्रबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा तुलाधरको मृगौलामा समेत समस्या देखिएपछि नर्भिक अस्पतालको आईसियूमा सारिएको थियो । यसैबीच, विभिन्न राजनीतिक दलका नेताहरुले तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक तथा सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तिको रुपमा तुलाधरलाई स्मरण गर्दै उहाँको निधनले मुलुकलाई ठूलो क्षति पु¥याएको बताए । उनले दिवंगत तुलाधरको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गरे ।

Logo