काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई एक मिनेट पनि सत्ता बस्ने नैतिकता नभएको आरोप लगाएका छन् । "/>

शेखर कोइरालाको प्रश्न, ‘यो सरकार कुन मुखले अझै सत्तामा बसिरहेको ?’

शेखर कोइरालाको प्रश्न, ‘यो सरकार कुन मुखले अझै सत्तामा बसिरहेको ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई एक मिनेट पनि सत्ता बस्ने नैतिकता नभएको आरोप लगाएका छन् । लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता नभएको दाबी गरेका हुन् ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमाएको दाबी गरेका हुन् ।

‘न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने खेलमा सरकार अहिले लागिरहेको छ’ कोइरालाले भने । फरक प्रसंगमा नेता कोइरालाले सर्लाही रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महतोको हत्यारालाई उन्मुत्ति दिन राज्य नै लागिपरेको आरोप लगाए ।

Logo