छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएको छ ।  खोकीसहितको ज्वरो समेत नियन्त्रणमा नआएपछि गत सोमबार विहानदेखि महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको शुक्रबार विहानको परिक्षणको रिर्पोटहरुले स्वास्थ्य अवस्था सामान्य देखाएको हो । "/>

प्रधानमन्त्री ओलीको डिस्चार्ज आज कि भोलि ? (भिडियोसहित)

प्रधानमन्त्री ओलीको डिस्चार्ज आज कि भोलि ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएको छ । खोकीसहितको ज्वरो समेत नियन्त्रणमा नआएपछि गत सोमबार विहानदेखि महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको शुक्रबार विहानको परिक्षणको रिर्पोटहरुले स्वास्थ्य अवस्था सामान्य देखाएको हो ।

प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभ भएको अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पूरानै अवस्थामा फर्किएको उल्लेख गर्दै केहीबेरपछि बस्ने उपचारमा संलग्न चिकित्सकहरुको बैठकबाट आज नभए भोलीसम्म डिस्चार्ज गर्ने निर्णय लिइने पनि जनाएको छ ।

Logo