प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित विस्थापित

प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित विस्थापित

केन्द्रबिन्दु
0
Shares

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक योजना मन्त्री केशव स्थापितलाई बर्खास्त गरेका छन् ।  

मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । 

मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो ।  त्यसपछि उनलाई मन्त्रिपरिषद्बाट हटाउन मुख्यमन्त्री पौडेल र अर्का मन्त्री कैलाश ढुंगेल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि राजधानी आएका थिए । 

नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन् ।

Logo