काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा शुक्रबार ( आज ) पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्दैछ । "/>

कांग्रेसको चियापान कार्यक्रम आज हुँदै : एक लाख जनालाई निम्तो

कांग्रेसको चियापान कार्यक्रम आज हुँदै : एक लाख जनालाई निम्तो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा शुक्रबार ( आज ) पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

कांग्रेसले चाडपर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि १ लाख जनालाई निम्तो पठाएको जनाएको छ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

वि.सं. २०३३ मा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि वि.सं. २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते ( आज ) अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण आजका लागि सारिएको हो ।

Logo