जनकपुर । प्रदेश २ सरकारले सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थलाई नियुक्त गरेको छ । "/>

प्रदेश २ को सुरक्षा सल्लाहकारमा पूर्व एआईजी विजयलाल कायस्थ

प्रदेश २ को सुरक्षा सल्लाहकारमा पूर्व एआईजी विजयलाल कायस्थ

केन्द्रबिन्दु
0
Shares

जनकपुर । प्रदेश २ सरकारले सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थलाई नियुक्त गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रस्तावमा मुख्यमन्त्री महोम्मद लालबाबु राउतले कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकार नियुक्त गरेका हुन् ।

कायस्थलाई सुरक्षा सल्लाहकारमा नियुक्त गर्न मुख्यमन्त्री राउत र मन्त्री यादवविच बैठक बसेको थियो। बिशिष्ट श्रेणीको सुविधासहित पूर्व एआइजी कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको हो ।

प्रहरीको सेवाअवधिमा कायस्थ लामो समय प्रदेश २ मै कार्यरत थिए। नेपाल प्रहरीको प्रदेश २ को एआइजी कार्यरत रहेकै बेला कायस्थले अवकाश पाएका थिए ।

मन्त्री यादवले प्रदेश २ मा लामो समयको कार्यअनुभव र संघीयताप्रति सकारात्मक सोच रहेकाले कायस्थलाई सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको मन्त्री यादवले बताए ।

Logo