जाजरकोट । जाजरकोटमा तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका कुशे गाउँपालिका ६ का वडाअध्यक्ष अमर शाही नेपाली कांग्रेस प्रवेश गरेका हुन् । "/>

नेकपाबाट निर्वाचित वडाअध्यक्ष नै कांग्रेसमा प्रवेश

नेकपाबाट निर्वाचित वडाअध्यक्ष नै कांग्रेसमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

जाजरकोट । जाजरकोटमा तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका कुशे गाउँपालिका ६ का वडाअध्यक्ष अमर शाही नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसले कुशे गाउँपालिका-६ घरंगामा आयोजना गरिएको कार्यक्रममा वडाअध्यक्ष शाहीलाई तरुण दलका पूर्व अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका थिए ।

वडाअध्यक्ष शाही सहित १ सय ५७ जना नेकपा नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० वर्ष जनयुद्ध लडेको पार्टी दुई तिहाई बहुमतको सरकारमा भएर पनि जनताले अनुभुति गर्ने खालका कुनै पनि काम गर्न नसकेको भन्दै पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेको वडाअध्यक्ष शाहीले बताए ।

Logo