काठमाडौं । मंगलबार सर्लाहीमा भएको गोलीकाण्डबारे बुझ्न कांग्रेस उपसभापति रामनगर प्रस्थान गरेका छन् । नेकपा कार्यकर्तासँग भएको झडपका क्रममा गोली लागेर कांग्रेस कार्यकर्ता रामविलास महतोको ज्यान गएको थियो । "/>

सर्लाही गोलीकाण्डबारे बुझ्न विमलेन्द्र निधी रामनगर जादैं

सर्लाही गोलीकाण्डबारे बुझ्न विमलेन्द्र निधी रामनगर जादैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंगलबार सर्लाहीमा भएको गोलीकाण्डबारे बुझ्न कांग्रेस उपसभापति रामनगर प्रस्थान गरेका छन् । नेकपा कार्यकर्तासँग भएको झडपका क्रममा गोली लागेर कांग्रेस कार्यकर्ता रामविलास महतोको ज्यान गएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक जानकारी लिन कांग्रेसका उपसभापति विमलेन्द्र निधि सर्लाही गएका हुन् ।

उपसभापति निधिका साथ जितेन्द्र देव, महेन्द्र यादव पनि रहेका छन् । कांग्रेस नेताहरु घटनास्थल पुगेर मृतकका परिवार तथा घाइतेहरुलाई भेट्ने कार्यक्रम रहेको छ। सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का राम विलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेका थिए ।

मृतक रामविलास रामनगर गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष राम नरेश महतोका काका हुन् । वडाअध्यक्षमाथि कुटपिट भएपछि मंगलबार कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको थियो ।

 

Logo