प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम शुरु गरेका छन् ।  

शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको जानकारी दिए  । "/>

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै कामको थालनी

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै कामको थालनी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम शुरु गरेका छन् । 

शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको जानकारी दिए  । 

आरामका लागि मात्र केही दिन अस्पतालमा बस्नुपर्ने बताउदै उनले प्रधानमन्त्रीले राम्ररी खाने गरेको बताए  । अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिवायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह दिए । 

प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।

चिकित्सकको सल्लाहअनुसार अस्पतालले डिस्चार्ज गरेपछि पनि अत्यावश्यकबाहेकसँग भेटघाटमा रोक लगाउने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचको नेतृत्व गरिरहेका प्रा.डा. अरुण सायमीसँग निजी सचिवालयको तर्फबाट राजेश बज्राचार्य, विष्णु रिमाल, कुन्दन अर्याललगायतले छलफल गरेका छन् । अस्पतालले पनि भेटघाट बाक्लो हुँदा संक्रमण बढ्न सक्ने भन्दै रोक लगाएको थियो ।

प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरुण सायमीको नेतृत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास खटिएका छन् ।

Logo