काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि पनि भेटघाट सहज नहुने भएको छ । चिकित्सकको सल्लाहअनुसार अस्पतालले डिस्चार्ज गरेपछि पनि अत्यावश्यकबाहेकसँग भेटघाटमा रोक लगाउने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । "/>

डिस्चार्जपछि पनि प्रधानमन्त्रीलाई भेट्न नदिइने, सिंहदरवार नजान चिकित्सकको सल्लाह

डिस्चार्जपछि पनि प्रधानमन्त्रीलाई भेट्न नदिइने, सिंहदरवार नजान चिकित्सकको सल्लाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि पनि भेटघाट सहज नहुने भएको छ । चिकित्सकको सल्लाहअनुसार अस्पतालले डिस्चार्ज गरेपछि पनि अत्यावश्यकबाहेकसँग भेटघाटमा रोक लगाउने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचको नेतृत्व गरिरहेका प्रा.डा. अरुण सायमीसँग निजी सचिवालयको तर्फबाट राजेश बज्राचार्य, विष्णु रिमाल, कुन्दन अर्याललगायतले छलफल गरेका छन् । अस्पतालले पनि भेटघाट बाक्लो हुँदा संक्रमण बढ्न सक्ने भन्दै रोक लगाएको थियो ।

अस्पतालमा चिकित्सकले पूर्वप्रधानमन्त्रीहरुबाहेक सीमित शीर्ष नेताहरुलाई मात्रै भेट्न दिएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य भने सोमबारदेखि नै अस्पतालमै छन् ।

प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओलीलाई संक्रमण बढ्न सक्ने जोखिम यथावत् रहेको भन्दै केही दिन सिंहदरवारसमेत नजान भनेका छन् । प्रधानमन्त्रीले चिकित्सकसँग पटक–पटक ‘सिंहदरवा जान कहिले दिने ?’ भन्दै जिज्ञासा राखेका थिए ।

यसैबीच अस्पतालले बुधबार विहान विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको बताएको छ । बिहान गरिएका परीक्षणहरुको रिपोर्टहरु सन्तोषजनक आएको र स्वास्थ्य स्थितिमा थप सुधार गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीको छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएपछि सोमबार बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरुण सायमीको नेतृत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास खटिएका छन् ।

Logo